अर्घााखाँचीका दुई स्थानिय तह कोरोना मुक्त

कात्तिक १५ अर्घाखाँची
अर्घाखाँची जिल्लामा कोरोना संक्रमण पुष्टिी भई आईसोलेसन भएर बसेकाहरुले कोरोनालाई जिते सँगै अहिले दुई वटा स्थानिय तह कोरोना मुक्त भएाक छन् । जिल्लाको पाणिनी र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका हुन । यि पालिकाहरुमा संक्रमितको संख्या अहिले शुन्य भएको छ । पछिल्लो पटक भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका छन । साथै भूमिकास्थानमा २ जना, मालारानीमा १, पाणिनी गाउँपालिका १ जनाको कोरोनाका करण अहिले सम्म मृत्यु पनि भएको छ । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ । जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ७० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यसैबिच अर्घाखाँची जिल्लामा अहिले सम्म ५७२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहयाक प्रमूख जिल्ला अधिकारी तथा सुचना अधिकारी विक्रम थपाले जानकारी दिनुभयो । अहिले जिल्लाका भूमिकास्थान नगरपालिका र मालारानीमा एक एक जना संक्रमित छन भने सितगंगा नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

खबर सबै