

अर्घााखाँचीका दुई स्थानिय तह कोरोना मुक्त



कात्तिक १५ अर्घाखाँची
अर्घाखाँची जिल्लामा कोरोना संक्रमण पुष्टिी भई आईसोलेसन भएर बसेकाहरुले कोरोनालाई जिते सँगै अहिले दुई वटा स्थानिय तह कोरोना मुक्त भएाक छन् । जिल्लाको पाणिनी र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका हुन । यि पालिकाहरुमा संक्रमितको संख्या अहिले शुन्य भएको छ । पछिल्लो पटक भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका छन । साथै भूमिकास्थानमा २ जना, मालारानीमा १, पाणिनी गाउँपालिका १ जनाको कोरोनाका करण अहिले सम्म मृत्यु पनि भएको छ । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ । जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ७० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यसैबिच अर्घाखाँची जिल्लामा अहिले सम्म ५७२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहयाक प्रमूख जिल्ला अधिकारी तथा सुचना अधिकारी विक्रम थपाले जानकारी दिनुभयो । अहिले जिल्लाका भूमिकास्थान नगरपालिका र मालारानीमा एक एक जना संक्रमित छन भने सितगंगा नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया