

बाथरूममा लडेका कोरोना संक्रमितको अस्पताल पुर्याउन नपाउँदै मृत्यु



कार्तिक १४, ई–साझाकुरा
धरान उपमहानगरपालिका-१० का कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजान नपाई बाटोमै मृत्यु भएको छ।
बुधबार दिउँसो बाथरुम जाँदा लडेपछि उनलाई आफन्तले बेडमा ल्याएका थिए।
बेहोस अवस्थामा रहेका उनलाई उपचारमा लैजान एम्बुलेन्स मगाइयो। तर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नपुर्याइकन उनको मृत्यु भएको वडाध्यक्ष श्रीप्रसाद राईले बताए।
राईका अनुसार उनी ४८ वर्षका थिए।
उनी करिब दुई सातादेखि ज्वरो आएर बसेका थिए। उनलाई ज्वरो आएपछि परिवारले पिसिआर परीक्षण गरे।
तर, उनले परीक्षण गर्न मानेनन्।
‘ज्वरोले निकै गम्भीर बनाएपछि परिवारले परीक्षण गराउँदा बुधबार मात्रै रिपोर्ट पोजेटिभ आएको थियो,’ वडाध्यक्ष राईले भने। उनको घरमा एक महिनाअघि आएका एक युवामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि परिवारका अन्य सदस्यले परीक्षण गरे पनि उनले भने मानेका थिएनन्।
‘बाथरुममा लडेको भए पनि उहाँको शरीरमा कुनै चोटपटक थिएन,’ राईले भने, ‘एम्बुलेन्समा राखेर अस्पताल लगे पनि उपचार हुन नपाई उहाँको मृत्यु भयो।’
वडा कार्यालयले संक्रमित मृतकको शव व्यवस्थापनको जिम्मा नियमअनुसार सेनालाई दिएको थियो। सेनाले उनको शव व्यवस्थापन गरिसकेको छ।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया