

रहेनन् कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णु



कार्तिक १४, ई–साझाकुरा
कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ।
गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसन बसेका थिए।तर ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

‘उपचारको क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे उहाँको निधन भयो,’ काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले सेतोपाटीसँग भने।
चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए।उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।
‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु। चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,’ उनले फेसबुकमा लेखेका छन्।


खबर सबै
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी







प्रतिक्रिया