

पक्राउ परेका १२ जुवाडे विरुद्ध मुदा दायर


कार्तिक १३, ई–साझाकुरा
कपिलवस्तुको बनगाईमा प्रकाउ परेका १२ जना जुवाडेमाथि मुद्धा दायर गरिएको छ । इलाका प्रहरी कार्यलय पिपराले बाणगंगाका बनगाई ,पिपरा ,ओदरी लगायतका स्थानमा संचालित जुवा खालमा छापा मारेर पक्राउ गरेका जुवाडेमाथि मुद्धा चलाएको हो ।
रंगेहात पक्राउ परेका जुवाडेलाई कानुन अनुसार कारवाही गराउनु नै उत्तम हुने ठानेर मुद्धा दर्ता गरिएको प्रहरी निरक्षक दिनेश गुरुङले बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइका जुवा खालमा प्रहरीले छापा मारेको थियो । । चाडपर्वको समयमा लाखौँ रुपैयाँको जुवा खाल संचालन गरेको थाहा पाएपछि प्रहरीले मंगलबार राति छापा मारेको थियो ।
पक्राउ परेका १२ जना विभिन्न पेशा ब्यापार गर्ने ब्यक्ति हुन् ती मध्ये कोही पनि हाइ प्रोफाइल रहेका छैनन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरेको जनाइएको छ । दशैँ तिहारको समयमा बाणगंगाका विभिन्न स्थानमा जुवाखाल संचालन हुदै आएका छन् । उनिहरुलाई थप ५ दिन म्याद पनि थप गरिएको जनाइएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया