
निर्माण कार्य ढिलो भएपछि भलवाड सडकमा स्थानियद्धारा सडक अबरुद्ध

कात्तिक १३ कपिलवस्तु
कपिलवस्तुको बनगाई –भलवाड–डोहोटे सडक खण्डको निर्माण कार्यमा ठेकेदार कम्पनीले ढिलाई गरे पछि मुख्य सडक क्षेत्रका नागरिकहरुले यातायात सेवा अवरुद्ध गरेका छन् ।
दिनहु सो सडक भएर गुड्ने सयौँ सवारी साधनहरुका कारण सडकबाट उड्ने धुलोका कारण जनजीवन अस्तव्यस्त हुँदा पनि निर्माण कम्पनीले सडकमा आवस्यक धुलो नियन्त्रणका लागि अवस्यक पानी सिँचाई नगरेको भन्दै भलवाडका नागरिकहरुले बिहिबार बिहान देखि सडक अवरुद्ध पारेका हुन । अहिले सो सडक खण्डमा संचालन हुने यातायातका साधनहरु तथा मालवाहक ढुवानीका साधनहरु बाटोमै रोकिएका छन् ।
स्थानियका अनुसार सडकमा उढ्ने धुलोका कारण सडक छेउँका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । धुलो नियन्त्रण सँगै निर्माणको काम समेत सुस्त गतिमा संचालन हुदा सम्बन्धित निकायको चासो नगएका कारण बाटो अबरुद्ध गरिएको उनीहरुले बताए । सडकमा धुलो नियन्त्रणका लागि उनीहरुले माग गरेका छन् ।
हाल सो सडक खण्डमा कालोपत्रे कार्य भईरहेको छ । मंसिर मसान्त सम्म सक्ने लक्ष्य लिएको निर्माण कम्पनीले पुन ः आगामी जेठ मसान्त सम्म निर्माण सम्पन्न गर्ने समय पाएको छ ।



खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया