

आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै



युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।
बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ । बैंगलोर मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया