साइबर क्राइमको आरोपमा पशुपतिनाथ मन्दिरका भण्डारी प्रहरीको फन्दामा

कार्तिक १२,ई–साझाकुरा

महानगरीय प्रहरी परिषद् काठमाडौंले पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी भण्डारीलाई साइबर क्राइमको आरोपमा नियन्त्रणमा लिएको हो ।

उनलाई गुहेश्वरी मन्दिर परिसरबाट बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापालाई सामाजिक सञ्जालमा गालीगलौज तथा फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

खबर सबै