
२० बर्षदेखि बन्द पुरानो घरमा अस्थिपन्जर फेला

कार्तिक १२,ई–साझाकुरा
कपिलवस्तु जिल्लाको कृष्णनगरमा २० बर्ष देखि बन्द रहेको पुरानो घरमा अस्थिपन्जर फेला परेको छ । मंगलवार बेलुकी ५:३० बजे कृष्णनगर नगरपालिका–२ गुरुद्वारा स्थित नन्दलाल अग्रवालको भत्केको जीर्ण भवनमा अज्ञात मानिसको अस्थिपन्जर फेला परेको छ ।
लगभग २० बर्ष पहिलेदेखि बस्न छाडेको नन्दलाल अग्रवालको छिमेकिको घर मर्मत गरि रहेको घरका कामदारले नन्दलाल अग्रवालको घरमा अस्थिपन्जर देखेपछि प्रहरीलाई खबर गरेका हुन । कृष्णनगर प्रहरीले खबर पाउने वितिकै घटना स्थलमा पुगि अस्थिपन्जरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अस्थिपन्जरबारे थप अनुसन्धानका लागि फोरेन्सिक टेस्ट गराउन टिचिङ्ग अस्पताल काठमाडौं पठाइएको इप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जनाएका छन । अस्तिपन्जर फेला परेपछि कृष्णनगरका स्थानीय जनता तथा व्यापारीहरुमा त्रास सृजना भएको उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष गुरुशरण सिंहले बताए ।
कृष्णनगर बजार भारतीय सिमासंग जोडिएको जिल्लाकै मुख्य नाका रहेकोले संदिग्ध घटनाहरुबाट व्यापारीमा त्रास फैलाउँदै आएको पूर्व अध्यक्ष सिंहले बताए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया