

जुवाको खालमा प्रहरीको छापा, बनगाईबाट १२ जुवाडे पक्राऊ



कात्तिक १२ कपिलवस्तु
कपिलवस्तुको एक जुवाखालमा प्रहरीको छापा मार्ने क्रममा जुवाडे पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइमा जुवा खालमा प्रहरीले छापा मारेको हो ।
छापा मार्दा वनगाइको एक काष्ठ उद्योगमा जुवा खेलीरहेको अवस्थामा जुवाखालबाट १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरेको जनाइएको छ ।
विशेष गरी चाडबाडका बेला खुलेआम जुवाका खाल संचालन भईरहदा ईलाका प्रहरी कार्यालय पिपराले यस पटक रातिको समयमा गस्ति र सुरक्षा संयन्त्र व्यापक परिचालन पनि गरेको छ । सोही अनुसार प्रहरी गस्ति समेत बढाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया