

चितवनमा थप दुई संक्रमितको मृत्यु



कार्तिक १२,ई–साझाकुरा
चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे छ ।
कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो । मधुमेहका विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार गरिएको थियो ।
यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाका कारण हिजो मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया