

क्लबभित्र र समर्थकबाट दबाब खेपिरहेका बार्सिलोनाका अध्यक्षले दिए राजीनामा



कार्तिक १२,ई–साझाकुरा
र्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन्। पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका उनले मंगलबार राजीनामा गरेका हुन्।
सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाबदिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै पछि हटेका हुन् ।
राजीनामा दिएको घोषणा गर्ने क्रममा बार्तोमेउले क्लबको आर्थिक भविष्यका लागि सुपर लिगमा सामेल हुने निर्णय गरेको बताएका हुन् । तर सुपर कपलाई लिएर एकमत हुन सकेको छैन ।
बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया