


बाघको आक्रमणबाट दुईजनाको ज्यान गयो



कार्तिक १२, ई–साझाकुरा
बर्दियामा बाघको आक्रमणबाट मंगलबार दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् ।
बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताए । मृतक नातामा भिनाजु र सालो हुन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया