

हैदरावादले दिल्लीलाई ८८ रनले हरायो


कार्तिक १२, ई–साझाकुरा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ ।
मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।
हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।
यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छटौं नम्बरमा छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया