


दशैको दिन दुर्घटनामा परेका कपिलवस्तुका दुईजनाको ज्यान गयो



कार्तिक ११, कपिलवस्तु
विजया दशमीको मुख्य दिन सोमबार कपिलवस्तुमा भएका दुई छुट्टा छुट्टै दुर्घटना परि घाईते भएका २ जनाको ज्यान गएको छ । सोमबार राती ८ बजे बुद्धभुमी २ गोरुसिंगेमा लु १ च ३८५२ नम्वरको कार रुखमा ठोकिदा स्थानीय वर्ष ३५ की खुस्वु पाखियाको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । कारमा रहेका ईजहार पाखिया गम्भिर घाइते भई बुटवलमा उपचार भैरहेको छ ।
यसै गरी बाणगंगा नगरपालिका स्थित दरखास्तमा लु ४३ प ७०८६ नम्बरको मोटरसाईकल र लु ४४ प २०३३ नम्बरको स्कुटी ठोकिदा बाणगंगा ८ बोडगाउका स्कुटर चालक कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सोमबार साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । सो घटनामा परि थापाको ५ वर्षको छोरा रिदम थापा र मोटरसाइकल चालक शिवराज १० बस्ने शिवदत्त मिश्रा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक प्रकाश कार्कीले बताउनु भयो । घाईतेहरुको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया