


पाल्पा र रुपन्देहीमा ४ जना कोराना संक्रमितको मृत्यु



कात्तिक ११ कपिलवस्तु
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका १३ का ५२ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको हो ।
महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो ।
उता पाल्पामा पनि दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचाररत कोरोना संक्रमित एकजना महिला र पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिकाकी ३ की ६९ वर्षीया महिला र रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षीया पुरुष रहेका छन् । दुबै कोरोना संक्रमितको सोमबार राती मृत्यु भएको हो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया