

राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त


कार्तिक ११, ई–साझाकुरा
राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मल्ललाई दोस्रो पटक गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि विश्वकप छनोटका बाँकी खेलका लागि साउन २० गते मल्ललाई नै गोलकिपर प्रशिक्षको मिम्मेवारी दिएको थियो । तर विश्वकप छनोटका खेल २०२१ सम्म स्थगित भएपछि एन्फाले उनलाई दिएको जिम्मेवारी फिर्ता लिएकाे थियो ।

अब नेपालले कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । सो खेलको प्रशिक्षण स्वरुप एन्फाले तयारी थालेको छ । नेपाल सरकारबाट प्रशिक्षण अनुमति पाइसकेको एन्फाले अब दशैँको बिदा सकिए लगत्तै प्रशिक्षण थाल्ने जनाएको छ । यसअघि नै प्रशिक्षणको तयारी थालेको एन्फाले कोरोना महामारीका कारण रोकिएको थियो ।
नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पद खालि रहेको छ । स्विडिस मुख्य प्रशिक्षक जोहान कालिन स्वदेश फर्किएकाले मुख्य प्रशिक्षक नियुक्त गर्नु पर्नेछ । त्यस्तैगरी राष्ट्रिय टोलीको जिम्मेवारी भने सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नै दिइएको छ । यसअघि पनि नीउनी नै सहायक प्रशिक्षक थिए । अब चाँडै नै मुख्य प्रशिक्षक पनि नियुक्त गर्ने एन्फाले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया