

राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त



कार्तिक ११, ई–साझाकुरा
राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मल्ललाई दोस्रो पटक गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि विश्वकप छनोटका बाँकी खेलका लागि साउन २० गते मल्ललाई नै गोलकिपर प्रशिक्षको मिम्मेवारी दिएको थियो । तर विश्वकप छनोटका खेल २०२१ सम्म स्थगित भएपछि एन्फाले उनलाई दिएको जिम्मेवारी फिर्ता लिएकाे थियो ।

अब नेपालले कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । सो खेलको प्रशिक्षण स्वरुप एन्फाले तयारी थालेको छ । नेपाल सरकारबाट प्रशिक्षण अनुमति पाइसकेको एन्फाले अब दशैँको बिदा सकिए लगत्तै प्रशिक्षण थाल्ने जनाएको छ । यसअघि नै प्रशिक्षणको तयारी थालेको एन्फाले कोरोना महामारीका कारण रोकिएको थियो ।
नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पद खालि रहेको छ । स्विडिस मुख्य प्रशिक्षक जोहान कालिन स्वदेश फर्किएकाले मुख्य प्रशिक्षक नियुक्त गर्नु पर्नेछ । त्यस्तैगरी राष्ट्रिय टोलीको जिम्मेवारी भने सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नै दिइएको छ । यसअघि पनि नीउनी नै सहायक प्रशिक्षक थिए । अब चाँडै नै मुख्य प्रशिक्षक पनि नियुक्त गर्ने एन्फाले जनाएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया