

भारत कोरोना अपटेड : ९८ दिनपछि ४० हजार भन्दा कम नयाँ संक्रमित, निको हुने दर ९० प्रतिशत



कार्तिक ११, ई–साझाकुरा
छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ४४ हजार १२८ पुगेको छ । सोमबार एक दिन ३५ हजार ९३२ नयाँ संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ९८ दिनपछि भारतमा ४० हजार भन्दा कम नयाँ संक्रमित पुष्टि भएको पहिलो पटक हो । यसअघि २१ जुलाइमा ३९ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा अहिलेसम्म ७१ लाख ९८ हजार ६६० संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुने मामिलामा भारत विश्वकै सबैभन्दा बढी संक्रमण रहेको ५ देशमा शीर्ष स्थानमा रहेको छ । भारतमा संक्रमणमुक्त हुने दर ९०.१९ प्रतिशत रहेको छ ।
भारतपछि संक्रमणमुक्त हुने दर राम्रो भएको देशमा ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलको संक्रमणमुक्त हुने दर ८९.६५ रहेको छ । यस्तै रुसको ७४.८४ प्रतिशत रहेको छ । सबैभन्दा खराब अवस्थामा फ्रान्स रहेको छ । फ्रान्समा हालसम्म ९.६९ प्रतिशत संक्रमित मात्रै निको भएको समाचारमा जनाइएको छ ।
भारतमा हालसम्म १ लाख १९ हजार ५३४ संक्रमितको मृत्यु भएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया