


हाँस्य कलाकार गजुरेललाई कोरोना संक्रमण



कार्तिक ११, ई–साझाकुरा
चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार मनोज गजुरेलले आफैले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड–१९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत विहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो ।’
त्यस्तै, उनले शनिबार ढाडको दुखाई महसुस गरेपछि आइतबार पीसीआर टेस्ट गराएका थिए, भने सोमबार साँझ मात्रै कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको हो ।
उनले आफू विहीबारदेखिनै आइसोलेशनमा बसेको बताएका छन् । उनले भनेका छन्, ‘बाबु नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ ।”
उनले थप भनेका छन्, ‘मलाई अहिले गाह्रो हुनेखालका सिम्टम्स छैन । तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’
यसका साथै उनले जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र समीरको सुझाव, सल्लाह र कोभिड उपचार गाइडलाइनमा रहेको पनि जानकारी गराएका छन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया