

जसपा कपिलवस्तुको आग्रह, ख्याल गरेर दशैँ मनाउँ



कात्तिक १० कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले विजया दशमीको अवसरमा जिल्लाबासीहरुमा शुभकामना दिएको छ ।
जसपा कपिलवस्तुका अध्यक्षद्धय शैलेन्द्र यादव र कलाश अग्रहरीले यस वर्षको विजया दशमी पर्वले सबै क्षेत्रका नेपालीहरुलाई एक शुत्रमा बाध्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुएको छ । साथै जसपाले सबै नेपालीका बिचमा भाईचारको सम्बन्ध स्थपित हुनुपर्ने पनि बताएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपाल र जनता पार्टी नेपाल विच एकता भई बनेको जनता समाजवादी पार्टी नेपालले तराई र मधेशका जनताहरुलाई जोड्न विजया दशमीले विशेष भुमिका खेलिरहेको भन्दै यस वर्ष कोरोना माहामारीका बिचमा पनि संयमताका साथ पर्वहरु मनाउन आग्रह गर्नुभयो ।
चाडपर्वहरुले देशभर उमंग भर्नुपर्नेमा यस वर्ष त्यसो हुन नसकेपनि शान्तपुर्वक परिवारजनका साथ विजया दशमी पर्व मनाउनु अहिलेको अवस्यकता रहेको कपिलवस्तुका अन्य राजनैतिक दलहरुले बताएका छन् । महामारीको सामाना पनि आफैले गर्नुपर्ने जनाउदै उनीहरुले सजगता पनि आफै अपनाए महामारीको सामना कम गर्नुपर्नेमा पनि जोड दिएका छन् । राप्रपा कपिलवस्तु, राष्टिय जनमोर्चा कपिलवस्तु सहितका अन्य रजनैतिक बृत्तहरुले यस वर्षको दशै सुरक्षाका साधवधानी अपनाउँदै मनाउन आग्रह गरेका छन् ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया