

सामाजिक तथा भौतिक दुरी कायम गरेर दशैँ मनाउन : राष्ट्रपति

कार्तिक १०, ई–साझाकुरा
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै सामाजिक तथा भाैतिक दुर कायम गरेर दशैँ मनाउन आग्रह गर्नुभएको छ ।
‘बडादशैँ २०७७ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु’ – उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
उहाँले चाडका बेला भीडभाड हुनसक्ने भएकाले नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै दशैँ मनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुने भएको उल्लेख गर्दै विजयदशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले बडादशैँले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्नेमा विश्वास बिस्वास गर्नुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया