

कपिलवस्तुबाट लागू औषध अफिम बरामद



कात्तिक ४ कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले लागुऔषध अफिम बरामद गरेको छ । आज दिउस कृष्णनगर नगरपालिका वडा नम्बर २ लिङ्कगेटबाट सीमा क्षेत्रको नियमित चेकजाँचका क्रममा प्रहरीले ६ प्याकेट अर्थात तीन किलो अफिम बरामद गरेको हो । नेपालबाट भारत तर्फ जादैँ गरेका व्यक्तिले झोलामा लुकाईछिपाई लैजान लागेको अवस्थामा प्रहरीले सो अफिम फेला पारेको जनाएको छ । प्रहरीले अफिम फेला पारेपछि फरार रहेका थिए । उनलाई नेपाल भारत सिमा क्षेत्र स्थित दशगजाबाट नियन्त्रणमा लिएको छ । उनलाई भारतिय सुरक्षा बल एसएसबी को टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रुकुमको बाफिँकोट गाउँपालिका वडा नम्बर ८ दुली घर भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह चोकमा बस्ने ३५ वर्षिय लालबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ परेका खत्रीलाई अलिहे भारतीय सुरक्षा बलले नियन्त्रमा राखेको छ भने उनको साथबाट बरामद भएको लागुऔषध अफिम ईलाका प्रहरी कार्याल्य कृष्णनगरमा राखिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया