

भाउज्यूको हत्याका आरोपी सार्वजनिक



भाउज्यूको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।प्रहरीले ३५ वर्षीया कलावतीको हत्याको आरोपमा मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।उनीहरु दुवै संँगै माछा मार्न खोलामा गएका थिए । देवरसंँगै खोलामा माछा मार्न गएकी कलावतीको शव नदीको किनारामा गाडिएको अवस्थामा फेला परेपछि मानसिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले सार्वननिक गरेका खुना कलावतीका देवर हुन् । उनले सुनवरा नदीमा माछा मार्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
खैरो हिरोइनसहित चार पक्राउप्रहरीले पुनर्वास नगरपालिका –६ बाट ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी लागुऔषध खैरो हिरोइनका कारोवारमा संलग्नलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएकामा पुनर्वास– ४ घ गाउँका दिनेश भट्ट तथा बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खैरो हिरोइन बरामद गरिएको बताउनुभयो ।पुनर्वास– ६ ङ गाउँस्थित सडकखण्डमा भारतबाट ल्याइरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हिरोइनसहित चार जनालाई शनिबार पक्राउ गरेको थियो ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया