

गुल्मीको सिमीचौरमा ८ क्वीन्टल गाँजा नष्ट



जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ ।समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको हो ।प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।
लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरेको पन्तले बताए ।गाउँमा पशुचौपायालाई औषधिको रुपमा खुवाइने भएकाले गाँजाको बोट हुर्काउने प्रचलन छ । तर प्रहरीले पशुचौपायाका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।गुल्मी जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् । स्थानीयले आयुर्वेदिक औषधि बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्दछन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया