

पुरानै रङमा वाणगंगाका सामुदायिक विद्यालय



कात्तिक १ कपिलवस्तु
देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले निर्देशन गरे पनि कपिलवस्तुमा भने रङरोगनको कुनै तयारी गरिएको छैन ।
कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका केही विद्यालयहरुले विभागको निर्देशन अनुसार रङ लगाएको भए पनि अभियानको रुपमा संचालन नभएको नगरपालिकाका शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सीले बताए । सामुदायिक र संस्थागत र धार्मिक गरी कुल ७२ वटा विद्यालय रहेको वाणगंगामा हाल बनेका नयाँ भवनहरुमा सरकारले तोकेको रङ लगाइएको भए पनि पुराना संरचनाहरु पुरानै रङमा यथावत छन् । शिक्षा विभागले पुराना भौतिक संरचनाहरुलाई पनि एकै किसिमको रङ लगाउन निर्देशन गरेको छ । केही विद्यालयहरुले आफ्नै लागतमा सुरु गरेको जि.सीले बताएका छन् । प्रधानाध्यापकहरु सँगको नियमित बैठकमा यस विषयमा छलफल भईरहेको भए पनि आवस्यक स्रोतको अभावले काम संचालन हुन नसकेको पनि उनको भनाई छ ।
अहिले वाणगंगा नगरपालिकामा कति विद्यालयमा विभागको निर्देशन अनुसारको रङ लगाइयो त्यसको यकिन तथ्याङ्क नगरपालिकासँग पनि छैन । एकरुपता ल्याउन विद्यालयहरुको रङ एकै किसिमको हुनुपर्ने विभाले जनाएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गर्न विभागले भनेको छ । निर्देशिकाअनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेलो, मुख्य भाग इँट्टा वा ढुङ्गाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो बनाइएको हुनुपर्ने छ ।
पहेलो रङ्ग उज्यालो र सबैलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेलो र घामपानीबाट जोगाउन मुख्य भागको इँट्टामा पारदर्शी रसायन प्रयोग गर्न भनिएको हो ।



खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया