

मन्त्री चौधरीलाई कोरोना



कार्तिक १ बुटवल ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
आफ्नो पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन आग्रह गरेका छन् । त्यस्तै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राईभर यमवहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् ।
संक्रमित ५ मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको बताइएको छ ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया