

कोलकातालाई ८ विकेटले हरायो मुम्बईले


ई–साझाकुरा, कार्तिक १
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ ।
अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे ।
बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।
यसअघि अबुधाबीको जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।
कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।
ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । कप्तानी छाडेका दिनेश कार्तिक पनि क्रिजमा टिकेनन् । उनले ४ रनमात्र बनाउन सके । आन्द्रे रसेलले १२ रन बनाए ।
बलिङतर्फ राहुल चहारले २ विकेट लिए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया