


लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन माग्यो



असोज २९, काठमाण्डौ
लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ ।
आयोगले राजपत्रांकित प्रथम श्रेणी सह(सचिव र द्वितीय श्रेणी उप(सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह(सचिव १ सय ८२ तथा उप(सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।
आयोगका अनुसार उप(सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ ।
संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह(सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो ।
जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरी ७४ पदमा विज्ञापन खुलेको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवातर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कोभिड(१९ सङ्क्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम भएकाले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिने आयोगको तयारी छ ।
गएको चैतदेखि रोकिएको परीक्षाको लागि आयोगले यसअघि नै नयाँ तालिका सार्वजनिक गरिसकेको छ । कोरोना सङ्क्रमित परीक्षामा बस्न नपाउने गरी आयोगले मापदण्ड तयार पारेको छ ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया