

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते



ई–साझाकुरा, असोज २८
भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर प्रहरी र तस्कर समूहबीच झडप भएको हो । भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए । घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।
उनका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको एसपी धमलाले बताए ।
झण्डै ७० जना स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको एसपी धमलाले बताए । यद्यपि त्यसबीचमा तस्करहरु सामानसहित फरार भएको उनको भनाई छ । फरार भएकाहरुको खोजी भइरहेको एसपी धमलाले बताए ।
तस्करीको सामान आइरहेको पूर्वसूचना पाएर जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको टोली त्यस ठाउँमा खटिएको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया