स्वास्थ्य सामाग्री हस्तान्तरण

असोज २७ कपिलवस्तु

कोरोना भाईरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दलित सामाजिक विकास केन्द्र र युनाईटेड मिसन टु नेपालको संयुक्त साझेदारीमा संचालित सेक्वेयर परियोजना अन्तर्गत यशोधरा गाउपालिका वडा नं. १, २, ३ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। यशोधरा गाउपालिकाका १, २ र ३ का वडाध्यक्ष मार्फत स्वास्थ्य चौकी ईन्चार्जलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
स्यानिटाईजर ३० थान, मास्क ३०० थान, साबुन ३० थान, हेण्डवास ३० थान र ग्लोब्स ६० थान गरि २० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको दलित सामाजिक विकास केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

खबर सबै