कर्मचारीमा कोरोना देखिए पछि कपिलवस्तु तौलिहवा स्थित मालपोत कार्यालय सिल

ई–साझाकुरा, असोज २७

कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा पनि कोरोना भाईरस संक्रमणको पृष्टि भएपछि तौलिहवाको मालपोत कार्यालय सिल भएको छ ।
कार्यालयको जानकारी अनुसार अब अन्य कार्मचारीको पनि पिसिआर रिपोर्ट परिक्षण गरिने र अन्यको रिपोर्ट नआउदा सम्मको लागि कार्यालय सिल रहने जनाइएको छ ।


कार्यालयका कर्मचारीका अनुसार कार्यालय प्रमुख सहित कार्यालयका ४ कर्मचारीमा संक्रमण पृष्टि भएको हो ।
मालपोत कार्यालयमा सामान्य अवस्थामा जस्तै भिडाभाड हुने गरेको थियो । कार्यालयले एक सुचना निकाल्दै मालपोत बन्द रहेको जानकारी गराएको हो ।

प्रतिक्रिया

खबर सबै