


कपिलवस्तुका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना



असोज २६, कपिलवस्तु
कोरोना भाइरस (कोभिड–१९) तीव्र रुपमा बढिरहेकाे अवस्थामा चाडपर्व निजकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
दुर्घटना न्यूनीकरण तथा यात्रुहरुको सेवा सुविधाका लागि कपिलवस्तुका पाच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दिलिप क्षेत्रीले कपिलवस्तुको कृष्णनगर चन्द्रौटा गोरुसिंगे तौलिहवा पिपरा गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए। उनले यात्रुहरूको चापलाई व्यवस्थित गर्न, भाडा असुली र सार्वजनिक यातायातका सवारीहरूमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए।
यात्रुहरूका कुनै समस्या वा जिज्ञासा भए नजिकै रहेको सहायता कक्षमा सम्पर्क राख्न प्रहरी निरीक्षक क्षेत्रीले आग्रह गरे।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया