


कोरोना जोखिम बढेपछि घोराहीका विद्यालय २० दिन बन्द



असोज २६ दाङ ।
दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।
नगरका कार्यबहाक प्रमुख श्री भरतमणि अर्यालको अध्यक्षतामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसअघि दाङको बबई गाउँपालिकाको वडा नम्बर ६ ले पनि आफ्नो वडामा रहेका विद्यालयलाई बन्द गरेको थियो । यस्तै समुदायमा कोरोना जोखिम देखिएपछि प्युठानको नौबहिनी गाउँपालिकाले पनि विद्यालय बन्द गरेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया