

फिर्ता भयो नेपाल चिकित्सक संघको आन्दोलन



ई–साझाकुरा, असोज २५
नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ ।
सरकार र डा। गोविन्द केसीबीच ८ बुँदे सहमती भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।
संघका महासचिव वद्री रिजालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।
शनिबार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार अनशन तोड्दै छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया