

टुर एण्ड ट्रवल्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


कृष्णनगर, असाेज २४
कृष्णनगर टुर एण्ड ट्रवल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था प्रतिनिधि, संचारकर्मी तथा कृष्णनगर टुर एण्ड ट्रवल्सका पदाधिकारी लगायतले आफ्नाे शुभकामना मन्तव्य राखेका थिए । दुवै देशमा विद्यमान राजनितिक, समाजिक, संस्कृतिक सम्बन्धलाई नियाल्दै वक्ताहरुले टुर एण्ड ट्रवल्स सेवाका माध्यमले पनि आपसी सम्बन्धमा मजबुती आउने बताएका छन ।
कार्यक्रममा भारत सिद्धार्थनगरका भाजपा युवा माेर्चा अध्यक्ष राजु शाही, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, जसपा प्रदेश पाँच प्रवक्ता अकरम पठान,पि.आर .सी .का भुमिराज भट्टराई , आफन्त नेपालका केसर विश्वकर्मा लगायतकाे उपस्थित थियाे ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया