
भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

ई–साझाकुरा, असोज २४
नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।
एक नेताका अनुसार २६ गते बैठक बस्न सकिन्थ्यो । तर सचिवालयका एक सदस्यलाईर् कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसलेसेनमा बसेका छन् ।
त्यसैले दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम हुँदै गएको एक सदस्यले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया