
सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष

ई–साझाकुरा, असोज २४
सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ । गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । अस्ति भएको सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ ।
तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । केसी पक्षले भने सरकारले डाक्टर केसीको ज्यान जोखिममा पार्न चाहेकाले निश्कर्षमा पुग्न ढिलाइ गरिरहेको आरोप लगाएको छ ।

यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । यस्तै उहाँको छातीमा समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको उहाँको भनाइ छ । स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपछि डाक्टर केसीले अस्वीकार गर्दै आउनुभएको छ ।
डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।
उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया