


बल्कोट सेबा समाज युएईद्धारा खाद्यान्न बितरण



ई-साझाकुरा, असोज २१
बल्कोट सेबा समाज युएई ले खाद्यान्न हस्तान्तरण गरेको छ ।
विश्व मा फैलिएको कोरोना महामारी ले अार्थिक अवस्था निकै कमजोरी भएका घरपरिवार तथा समस्या लाई मध्यनजर गरि छत्रदेब गाउपालिका को वडा न २ र ३ मा रहेका ज्यालादारी मज्दुरि गरि जीवन यापन गरेका अति पिबन्न २० परिवार लाई प्रती परिवार एक बोरा चामल दाल नुन तेल र साबुन बितरण गरेको हो ।
छत्रदेब गाउँ पालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद खनाल २ का वडा अध्यक्ष राजेश पन्थी वडा सदस्य तोमलाल भुसाल ,कमला अधिकारी समाज सेबि पोमनाराय पाण्डे धुर्बकुमार पाण्डे कमला पाडे दधिराम खनाल कुलचन्द्र खनाल बिबेक घिमिरे विभिन्न राजनीतिक दल का सदस्य हरु उपस्तिथि भएको कार्यक्रमको सञ्चाल्न छत्रदेब गाउपालिका वडा न २ का सचिब विशाल ओलि ले गर्नु भएको थियो ।

कार्यक्रम मा करिब ४६ हजार बराबर को खाद्यान्न सामाग्री हस्तान्तरण गरेको समाज का अध्यक्ष टुमलाल पाण्डे ले बताउनु भएको छ ।
बिगत दुई वर्षदेखि कर्म थलो युएई बनाएका बल्कोटे युवा युवती ले गाउँमा भएको आगालागी, रोगी पिडित र अार्थिक अवस्था निकै कमजोर भएका घरपरिवारहरु लाई सहयोग गर्दै आएका छन संस्थाले हाल सम्म १० लाख बराबर को सहयोग गरेको छ साथै करिब एक महिना अगाडि बल्कोट को पौवा मा पार्क बेन्च पनि निर्माण सस्था का सचिब अमित पाण्डे ले जनाउनु भएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया