


अस्पतालमा बेड व्यवस्थापन हुन्जेल लकडाउन हुँदैनः स्वास्थ्य मन्त्रालय



ई–साझाकुरा, असोज २१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ। यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने गरी सरकारलाई सिफारिस गरेको थियो।

बुधबार ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगुन्जेल संक्रमितको उपचार व्यवस्थापन गर्न सकिने भन्दै त्योभन्दा बढी संख्या भए लकडाउनमा जानुपर्ने बताउँदै आएको थियो।
तर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नै लकडाउनमा जानुपर्ने स्थिति नआएको दाबी गरेका छन्। उनले अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव नहुन्जेल लकडाउन नहुने जनाए।
‘मान्छेलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ,’ उनले भने।
प्रवक्ता गौतमले पछिल्लो समय भने काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुन थालेको बताएका छन्।उनले यहीँ स्थितिमा संक्रमण दर बढे अस्पतालहरूले भार थाम्न नसक्ने पनि जनाए।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया