


बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु



असोज २१बुटवल
बुटवलको कोरोना विशेष आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।
नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत्यु भएको हो।
नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए।
उनलाई दम र उच्च रक्तचापको समेत समस्या रहेको थियो। उनको गए राती पौने १ बजे मृत्यु भएको थापाले बताए।
त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिइन्। पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।
उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो। उनमा पनि कोरोना संक्रमण सगै उच्च रक्तचापको समस्या रहेको डाक्टर थापाले जानकारी दिए।योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
अब कोरोना अस्थायी अस्पतालमा ४० जना कोरोना संक्रमित उपचाररत छन्। ती मध्ये १५ जना आइसियुमा र २५ जना आइसोलेसनमा उपचाररत् रहेको थापाले जानकारी दिए।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया