

प्रदेश ५ : नाम र राजधानीको प्रस्तावमाथि मतदान हुदैँ ।




असोज २०,रुपन्देही ।
प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेशको नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
अहिले मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । त्यसपछि राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको प्रदेश ५ सचिवालयले जनाएको छ ।
नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्वीप नै जारी गरेको छ । प्रतिपक्ष कांग्रेसले पनि प्रस्तावको विपक्षमा मतदान आफ्ना सासंदसँग अपिल जारी गरेको छ । शुक्रबारको बैठकमा दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेस भएपछि बुटवलमा आन्दोलन चर्किएको छ ।
कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको प्रदेशको राजधानी र नामको प्रस्तावमाथि सोमबारदेखि औपचारिक रुपमा छलफल सुरु भएको हो ।
सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामकरणका विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय दिनुभएको थियो । सोमबार बैठक सुरु हुनेबित्तिकै नाम र राजधानीको विषयमा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया