

के तपाईको पेट पुट्ट निस्किएको छ ? लसुनको प्रयोगबाट यसरी घटाउनुहोस



ई साझा कुरा, असोज १८
धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट निस्किएको पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ। कुनै पनि लुगा लगाउँदा पेट लुकाउनै सास्ती हुन्छ । पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार रहेको छ । शरिरले कुनै किसिमको व्यायाम अथवा शारिरीक कष्ट पाएन, अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्ने गर्दछ । स्वास्थ तथा मिलेको शरीर सबैको चाहना हुन्छ । हेर्दा चिटिक्क परेको, फुर्तिलो शरीर अनि आफुलाई मनपरेको कपडा लगाउन पाउनु सबैको सपना हुन्छ । राम्रो तथा मिलेको जिउडालको लागी व्यायाम निकै आवश्यक हुन्छ ।
तर पनि जिम जाने चाहना सबैलाई नहुन सक्छ । तौल घटाउने चाहना हुँदाहुदै पनि समयको कमीका कारण कतिलाई जिम जान अथवा व्यायाम गर्न जान निकै कठिन हुन सक्छ । तौल घटाउन सजिलो भने पक्कै छैन, त्यसका लागि आफ्नो शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु एकदमै जरुरी हुन्छ । स्वास्थ्य तथा मिलेको ज्यानको लागी धेरै पैसा खर्चिनपर्छ भन्ने आवश्यक छैन । हामीले घरमै पनि आफ्नो शरीरलाई मिलेको बनाउन सक्छौँ । घरमै भएका सामाग्रीको प्रयोगबाट पनि हामीले लाभ उठाउन सक्छौँ । यस्तै हामीले घरमा सजिलै पाइने लसुनको मद्दतबाट पनि ज्यान तथा पेट घटाउन सक्छौँ ।
लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ लसुनमा पोषणतत्व ज्यादा हुनुका साथै यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ ।
लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ भने यसलाई जोर्नीको दुखाई कम गर्ने औषधिको पनि प्रयोग गरिन्छ।
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औषधिय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन्। यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह समेत दिन्छन् ।
विहान खाली पेटमा एक केस्रा लसुन खाँदा फाइदै–फाइदा
हाम्रो भान्सामा मसलाको रुपमा दैनिक प्रयोग गरिने लसुन स्वास्थ्यका लागि पनि लाभदायी मानिन्छ । साथै खाली पेट लसुन खानुको अन्य धेरै फाइदाहरु पनि छन् । हरेक दिन एक केस्रा लसुन सेवन गर्नु अमृतसमान हुने भनाइ छ ।
बिहान खाली पेटमा लसुनको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ । लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा पाइन्छन् । विशेषगरी लसुनमा भटामिन बी १, बी–६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरीर सुरक्षित रहन्छ । यसक साथै एनर्जी पनि मिल्छ ।
लसुन कसरी–कुन समयमा खाने
सम्भव भएसम्म लसुन विहानै खाली पेटमा खानुपर्छ । लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधीय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।
कोलोस्ट्रोल घटाउनदेखि उच्च रक्तचार रोक्नसम्म आर्युवेदमा लसुनलाई जवान रहने औषधि मानिन्छ । साथै यसले केही रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुचीमा यो उपयोगी हुन्छ । लसुन एक महत्वपूर्ण एन्टिवायोटिक पनि हो ।
यस्ता छन् नियमित लसुन सेवनका फाइदाहरु
– लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ । जसको कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ ।
– लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ । हृदयलाई स्वस्थ्य राख्न हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन लसुनमा भिटामिन सी, बी–६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।
– फंगल इन्फेक्सनको विरुद्ध लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ । यसले दाद, चिलाउने लगायतका रोगसँग लड्ने क्षमता राख्छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया