पछिल्लो २४ घण्टा थपिए दुई हजार दुई सय ५३ संक्रमित

ई-साझाकुरा, असोज १८

२४ घण्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।

नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै