
बन्ने भयो कोईली नदीमा पुल, निर्माण कार्य सुरु

असोज १८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई जोड्ने एक मात्र सडकखण्ड अन्र्तगतको कोईली नदीमा बन्ने पुलको निर्माणकार्य सुरु भएको छ ।
प्रदेश पाँच सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत निर्माण सुरु भएको सो पुलको लम्बाई ३२ मिटर रहेको छ भने ११ मिटर चौडाई रहने वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले जानकारी दिनुभयो । वाणगंगा नगरपालिका र वडा नम्बर ८ को पहलमा पुलको डिपिआर तयार गरी अहिले निर्माण सुरु भएको वडा अध्यक्ष भुषालले बताउनुभयो ।
करिब चार करोडको लागतमा बन्न लागेको सो पुलको ठेक्का सम्झौता चितवनको महेश निर्माण सेवाले पाएको छ । निर्माण सुरु भएको १८ महिनामा पुलको निर्माण सम्पन्न गर्ने सम्झौता सहित हाल सो पुलको निर्माण थालिएको हो । वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालकै पहलमा डिपिआर तयार भएको सो पुलको निर्माणले वडा नम्बर ८ को कोईलीपार गाउँका करिब २५ परिवारलाई यतायताको सहज पहुँच पुग्ने छ भने सो सडकखण्ड भएर वाणगंगा ९ भलवाड हुदैँ अर्घाखाँचीको सितगंगा नगरपालिका स्थित गोरुसिँगे सन्धिखर्क सडकखण्डमा सोझै सडकमार्ग जोडिने छ ।

यसैबिच कोईली नदीमा हाल निर्माण हुन लागेको मोटरेवल नयाँ प्रविधिको पुल छेउँमै रहेको प्राचिन काठको पुल भने विस्थापित भएको छ । स्थानिय नागरिकहरुले आफ्नो दैनिक यात्रालाई सहज बनाउन काडको कलाकौशलले निर्माण गरेको सो काठेपुल हाल भने विस्थापित भएको छ । सोही स्थानमा नयाँ प्रविधिको पुल बन्ने भएपछि सो काठेपुलको अवास्यकता नरहेको भन्दै हटाइएको छ । सो पुल भएर स्थानिय नागरिकहरुले आफ्ना दैनिक यात्राहरु तय गर्ने गर्दथे भने सो सडक भएर यात्रा गर्नेहरुले पनि सो पुलको उपयोग गर्दै आएका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया