


कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि



ई-साझाकुरा, असोज १७
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अन्य कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी, लगायत छन् ।
आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको गत बिहीबार गरिएको परीक्षणबाट उहाँहरुको कोरोना पुष्टि भएको हो ।
उहाँले आफुलाई अहिलेसम्म पार्टीले तपाईलाई संक्रमण देखियो भन्ने जानकारी नदिएकोमा आफुलाई दुःख लागेको बताउँदै आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको पनि प्रष्ट पार्नुभयो । आफू अब होम आइसोलेसनमा बस्ने जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन पनि आग्रह गर्नुभयो ।
कांग्रेसले गत बिहीबार केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।
बिहीबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उहाँहरुमा संक्रमण पाइएको हो । संक्रमित अन्य दुई जनाको विवरण खुलेको छैन । यद्धपि रिपोर्टमा एकजनाको नाम गंगा थापा लेखिएको पनि कांगे्रेस केन्द्रीय कार्यालय जनाएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया