
आज पनि ठाउँ-ठाउँमा लाइन काटिँदै, कुलमानको बहिर्गमनसँगै अघोषित लोडसेडिङ गरेको गुनासो

ई–साझाकुरा, असोज १७
नेपाल विद्युत प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर बिदा भएसँगै प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेका गुनो बढिरहेको छ ।
अध्याधिक रुपमा जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालयले विनाजानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गरेको थियो । तर पछिल्लो समय विद्युत कटौतीको क्रम रोकिएको छैन ।

उर्जा मन्त्रालयको सचिवालयले विनासूचना बत्ती कटौती भएमा मन्त्रालयमा सिधा सम्पर्कको लागि आह्वान गरेसंगै प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ । विभिन्न स्थानमा मर्मत-सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्नुपरेको प्राधिकरणले प्रष्ट्याएको छ ।
नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ ।
प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।
ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया