
डाक्टर केसीलाई सरकारको जवाफ – यो असामान्य अवस्थामा अनसन सुहाउँदो विषय होइन

ई–साझाकुरा, असोज १६
१८ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छबिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो असामान्य अवस्थामा अनसन बस्नु सुहाउने विषय नभएको बताए। उनले डाक्टर केसीका कतिपय मागहरू पूरा भइसकेको र कतिपय पूरा हुने क्रममा रहेको जिकिर गरे।

‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं। ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ,’ मन्त्री ज्ञवालीले भने,‘सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको छ। सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ। यसमा थप दबाव दिनु जरूरी छैन।’
उनले पिसिआर परीक्षण बढाउनु पर्ने माग पनि सम्बोधन भइसकेकाले अहिलेको विषम परिस्थिति अनसन बस्ने बेला नभएको बताए।
‘आजमात्रै हामीले कोरोनाबाट एक जना चिकित्सकलाई गुमाएका छौं। यस्तो बेलामा अनसन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसी र उहाँका साथीहरूलाई आग्रह गर्दछु,’ मन्त्री ज्ञवालीले भने।
डाक्टर केसी विभिन्न माग राखेर सुरूमा जुम्लामा अनसन बसेका थिए। पछि उनलाई काठमाडौं ल्याइएको थियो। अहिले उनी त्रिवि शिक्षण अस्पतालमा छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया