
अग्रिम महसुल तिरेर छुट लिन विद्युत् प्राधिकरणको आग्रह

ई–साझाकुरा, असोज १६
नेपाल विद्युत् प्राधिकरणले आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरेर २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको छ ।प्राधिकरणले सूचना निकालेर छुट लिन तथा जरिवानाबाट बच्न ग्राहकलाई आग्रह गरेको हो । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिनुभएको थियो ।

मन्त्री पुनको निर्देशनअनुसार प्राधिकरणले सूचनामार्फत् अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो । प्राधिकरणका अनुसार मिटर रिडर मिटर पढ्न नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिन सक्ने जनाएको छ ।
नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिनसमेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छुट पाइन्छ । यस्तै ८ औंं दिनदेखि १५ औं दिनसम्म बुझाएमा बिल रकम मात्र बुझाए हुने व्यवस्था छ । नियमानुसार १६ औं दिनदेखि ३० औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्छ ।
३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१ औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६० औं दिनभित्र पनि महसुल भुक्तानी नभएका जुनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया