

बाबुराम, वैद्य र विप्लवसँगको विवाद मिलाएर जान सकिने प्रचण्डको भनाई



असोज १५, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्। तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।
कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्ने गर्छन्। छलफल संघर्ष रुपान्तर र नयाँपन पार्टीमा चलिरहन्छु, उनले भने, चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्रा टुक्रा हुँदा पनि हामी कम्युनिष्ट एकै छौँ। नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर हामीले दुःख पाएका हौँ।
अध्यक्ष दाहालले कम्युनिष्टहरू विभाजित भएकैले समस्या भएको उल्लेख गरे। ुहामी विभाजित भएकैले समस्या भयोु, उनले भने, ुकम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ। कम्युनिष्ट एकताको तागत हामीले विश्वलाई देखाइसकेका छौं।ु अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको बताए।
उनले फुटेर गएका नेताहरुलाई पनि मूलधारमा फर्किन आह्वान गरेका छन्। ुअरु जनमत पनि हामीसँग जोडिन आएको छु, उनले भने, ुअब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया