
होम अाइसोलेसनमा बसेकि महिलाको मृत्यु

ई-साझाकुरा, असोज १५
कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बुधबार राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागूऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको हो । ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको १५ मिनेटमै बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराट मेडिकल कलेजले रेफर गरेका मृतकलाई राति ९ः३० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु ९ः४५ बजेतिर मृत्यु भएको थियो । मृतकमा स्वास्थ्यसम्बन्धी पुरानो समस्या थिएन । उनलाई बुधबार नै पोजेटिभ देखिएको थियो ।
बुधबार राति नै लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको थियो । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि युवकलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा राति करिब साढे ८ बजे मृत्यु भएको हो ।
मृत्यु पछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया